समाचार

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्यो

Banner

काठमाडौं, मंसिर १९-

साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ ।

लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको थियो । प्रतियोगिताको लिग चरणबाट यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुनिश्चित गरेका थिए । हारसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको चुनौती भने लिग चरणबाटै समाप्त भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १३३ रनको मध्यम लक्ष्य लुम्बिनीले १९ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>