समाचार
राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट
०

काठमाडौँ, मंसिर १७ –
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























