खेलकुद
एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
०

काठमाडौ, मंसिर १७ –
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच खेल सुरु हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेलअगावै प्लेअफमा पुग्ने विराटनगरको लक्ष्य हुनेछ ।
यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ । प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























