समाचार

आफ्नै गाउँका महिलाबाट कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप

Banner

काठमाडौँ,मंसिर १३-

पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ। राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए।

उनले पनि आफूमाथि हातपात भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्। ‘मलाई कुट्ने माओवादीका कार्यकर्ता हुन्। सबैलाई मैले चिनेकै छु। मलाई लछारापछार पारे। मेरो घुँडामा चोट लागेको छ,’ उनले भनिन्, ‘मेरो मंगलसुत्र पनि हरायो लुटेर लगे।’ उनले आफूमाथि कुटपिट भएको र गहना हराएको बारे स्थानीय प्रहरी चौकीमा उजुरी दिइसकेको पनि बताइन्। उनले मात्रै होइन अन्य महिलाहरूले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिइसकेका छन्। जग्गाक सीमा विवामा उनी र उनका छिमेकी बीच विवाद हुदा हात हालाहालको अवस्था भएको बुझिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>