देश/प्रदेश

बिम्स्टेक सदस्य राष्ट्रबीच क्षेत्रीय स्वास्थ्य सहकार्य बढाउन मन्त्री मेहताको जोड

०
Banner

काठमाडौँ, कात्तिक २७ –

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड दिनुभएको छ ।

कोलम्बोमा हालै आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा उहाँले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्यलाई प्रभावकारी बनाउनुपर्र्ने बताउनुभएको मन्त्री मेहताको निजी सचिवालयले जनाएको छ ।

“सङ्क्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, पशुजन्य रोग तथा जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन्”, मन्त्री मेहताले भन्नुभयो ।

कोभिड–१९ महामारीले कुनै पनि देशले ठूलो स्वास्थ्य सङ्कटको सामना एक्लै गर्न नसक्ने देखाएको भन्दै उहाँले क्षेत्रीय सहकार्यलाई समावेशिता, समानता, आपसी विश्वास र व्यावहारिक साझेदारीमा आधारित बनाउनुपर्ने बताउनुभयो ।

नेपालमा उद्धार तथा राहत कार्यका क्रममा बिम्स्टेक सदस्य राष्ट्रलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>