समाचार

पूर्व एआइजी पोखरेल रास्वपामा

Banner

काठमाडौँ, मंसिर १२-
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सम्म बनाएका विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा एक समारोहको आयोजना गरेर रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले पोखरेललाई रास्वपामा भित्र्याएका छन्।

पोखरेल तीनै पूर्व प्रहरी अधिकारी हुन् जो तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ मा आइजिपी नबनाएको भनेर चर्चा गरिन्छ। त्यति बेला सरकारले धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेको थियो। त्यस विरुद्ध पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए। सर्वोच्चले फैसला गर्दा सिंहको नियुक्तिलाई सदर गरेको थियो। जेन–जी आन्दोलनपछि एक टेलिभिजन अन्तर्वार्तामा पूर्व एआइजी पोखरेलले त्यति बेला आइजिपी बनाउन आफूसँग ठुलो रकम मागेको दाबी गरेका थिए।

आइजिपी बन्न रोकिए पनि त्यसअघिको पोखरेलको यात्रा भने निकै रोचक मानिन्छ। २०७४ को निर्वाचनपछि झन्डै दुई तिहाइको बहुमत साथ बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी९नेकपा० सरकार उनका लागि फलिफाप थियो। विशेष गरी एमालेबाट आएका नेताहरूको उनीप्रति ठुलै आशीर्वाद थियो। जसले पोखरेललाई २०७९ को निर्वाचनताकाको प्रहरीको आइजिपी बनाउन चाहेको थियो। जसका लागि उनलाई डिआइजीदेखि एआइजीसम्मको बढुवामा निकै उछलकुद गराउँदै पु¥याएको थियो। जसलाई प्रहरी अधिकारीहरू ‘रकेट यात्रा’ भनेर पनि टिप्पणी गर्छन्।

पोखरेल डिआइजी बढुवापछि भने एकाएक अगाडि ल्याइएका थिए। कतिसम्म भने आफ्नोभन्दा अघिल्ला ब्याजीलाई समेत पछार्न सफल भए। यही कारण उनको यात्रालाई नेपाल प्रहरीभित्र ‘रकेट यात्रा’ भनिन्छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>