खेलकुद
एनपिएल क्रिकेटः पोखरा ‘टस’ जितेर बलिङमा
०

काठमाडौँ, मङ्सिर २ –
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले ‘टस’ जितेर बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई रहेको छ । दुवै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोज विजयी भयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























