अर्थ
आज सुनचाँदीकै मूल्य बढ्यो ,कतिमा हुदैँछ कारोबार ?
०

काठमाडौँ, कार्तिक २४ –
नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ।
सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो।
गएको असोज ३१ गते सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























