समाचार

शनिबार बिहान कहाँ–कहाँ भइरहेको छ वर्षा ?

Banner

काठमाडौं,कात्तिक १५-

शनिबार बिहान बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा भइरहेको छ।बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भएको हो । शनिबारबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने महाशाखाको भनाइ छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area