खेलकुद
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा
०

काठमाडौँ, कात्तिक १३ –
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिनुभएको एन्फाका महासचिव किरण राईको जानकारी दिनुभयो । के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उहाँले बताउनुभयो ।
आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























