अन्तर्राष्ट्रिय

जापानमा ३० प्रतिशत वृद्ध जनसंख्या, रोजगारी दर पनि उच्च

Banner

काठमाडौं,भदौ ३०-

जापानको कुल जनसंख्याको २९.४ प्रतिशत ६५ वर्ष र त्योभन्दा माथिका वृद्ध रहेको आधिकारिक तथ्यांकले आइतबार देखाएको छ। जापानको आन्तरिक मामिला र सञ्चार मन्त्रालयले सेप्टेम्बर १५ सम्ममा वृद्धको संख्या तीन करोड ६० लाख १९ हजार हुने अनुमानित तथ्यांक सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार जापानमा वृद्ध पुरुषको संख्या एक करोड ५६ लाख र वृद्ध महिलाको दुई करोड ५१ लाख छन्। यसरी हेर्दा वृद्ध महिलाको संख्या वृद्ध पुरुषभन्दा ४८ लाख ३० हजारले बढी छ। मन्त्रालयले कुल जनसंख्यामा ज्येष्ठ नागरिकहरूको हिस्सा ०.१ प्रतिशत बिन्दुले बढेर अहिलेसम्मकै उच्च २९.४ प्रतिशत हुने जनाएको छ।

मन्त्रालयको श्रम शक्ति सर्वेक्षणका अनुसार गत वर्ष ९३ लाख ज्येष्ठ नागरिकहरू रोजगार रहेको देखिएको थियो। यो संख्या अघिल्लो वर्षको तुलनामा एक लाख ६० हजारले वृद्धि हो र यो दर उच्च हो। जापानमा ६५ वर्ष र त्योभन्दा बढी उमेरका व्यक्तिहरूको रोजगारी दर ०.५ प्रतिशत बिन्दुले बढेर २५.७ प्रतिशत पुगेको छ।

यो दर ६५ देखि ६९ वर्ष उमेर समूहका लागि ५३.६ प्रतिशत, ७० देखि ७४ वर्षका लागि ३५.१ प्रतिशत र ७५ वर्ष र माथिका व्यक्तिहरूको १२.० प्रतिशत रहेको छ। मन्त्रालयले यस प्रवृत्तिका लागि श्रम अभाव र विस्तारित सेवानिवृत्ति उमेरलाई जिम्मेवार ठहराएको छ। यहाँ वृद्ध व्यक्तिहरूको सक्रिय रहनको लागि अवसरहरू विस्तार भइरहेको छ र काम गर्ने वरिष्ठहरूको संख्या बढ्दै जाने अपेक्षा गरिएको छ। एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>