देश/प्रदेश

पहिरो र बाढीका कारण पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

०
Banner

काठमाडौं ,कात्तिक २८ –

पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा कात्तिक २३ गते बिहान ५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। उक्त सडकखण्ड कात्तिक २५ गते बिहान ५ः१५ बजे एकतर्फी सञ्चालनमा आएको छ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। उक्त सडकखण्ड असोज २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको विवरणमा उल्लेख छ।

शनिबार बिहान ६ः१५ बजेसम्मको विवरणअनुसार गोरखाको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>