देश/प्रदेश

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

०
Banner

भक्तपुर ,कात्तिक २८ –

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ।

शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।

आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो। स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>