समाचार

रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने

Banner

काठमाडौं, भदौ २९-

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो।

प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ। यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ। अर्यालले अहिलेसम्म सहमति जनाइसकेका छैनन्। उनले आफू सरकार बाहिरै रहेर सहयोग गर्ने बताइरहेका छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्। उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

ऊर्जामन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>