अन्तर्राष्ट्रिय

जातीय हिंसापछि पहिलोपटक मणिपुर भ्रमण गर्दै मोदी, स्वागतका लागि राखिएको ब्यानर च्यातियो

Banner

एजेन्सी,भदौ २७-

२०२३ मा सुरु भएको जातीय हिंसापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक शनिबार मणिपुर भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा उनले करिब ८५ सय करोड रुपैयाँ बराबरका विकास आयोजना उद्घाटन गर्ने कार्यक्रम रहेको समाचार संस्था पीटीआईले जनाएको छ ।

अधिकारीका अनुसार मोदीले चुराचाँदपुरको पिस ग्राउन्ड बाट करिब ७३०० करोडका विभिन्न आयोजना शिलान्यास गर्नेछन्। यो क्षेत्रमा कुकी समुदायको बाहुल्य छ। साथै उनले मेइती बहुल क्षेत्र इम्फालबाट १ हजार २०० करोड रुपैयाँ (भारु)को परियोजनाको उद्घाटन गर्नेछन्।

उनको भ्रमणअघि बिहीबार राति चुराचन्दपुरमा स्वागतका लागि राखेको पोस्टर, ब्यानर च्यात्नुका साथै ब्यारिकेड भत्काएर आगजनी भएको छ । घटना चुराचन्दपुर प्रहरी चौकीबाट करिब ५ किलोमिटर टाढा पिसोनामुन गाउँमा भएको छ। प्रहरीले दंगाकारीलाई लखेटेको छ। सो क्रममा लाठीचार्ज पनि भएको छ। तर कति जना घाइते भए भन्नेबारे जानकारी प्राप्त भएको छैन।

मणिपुरमा मे २०२३ मा मेइती र कुकी समुदायबिच जातीय हिंसा सुरु भएको थियो। यो हिंसामा हालसम्म २६० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घरबारविहीन भएका छन्। फेब्रुअरी १३ देखि मणिपुरमा राष्ट्रपति शासन लगाइएको छ । यसैबीच, विपक्षी दलहरूले प्रधानमन्त्री मोदीलाई राज्यमा हिंसा भड्किएको लामो समयसम्म पनि नआएको भन्दै निरन्तर आलोचना गर्दै आएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>