राशिफल

आज मिति २०८२ साल भदौ २३ गते सोमबार,यस्तो छ तपाईको राशिफल

Banner

आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख। शिक्षा तथा साक्षरता दिवस । आजदेखि स्रोह्र श्राद्ध सुरु। प्रतिपदा श्राद्ध आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। पढ्नुहोस आजको फलादेशः

मेषः दिन सामान्य छ। शिक्षा र स्वास्थ्यमा केही सुधार भएपनि राजनीति क्षेत्रमा समस्या हुनेछ। यात्रामा अनावश्यक खर्च र झन्झट व्यहोर्नुपर्नेछ। परिवारमा मनमुटाव बढ्नेछ।

वृषः दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्नेछ। पूर्वको यात्रामा आज नजानु राम्रो हुन्छ। स्वास्थ्य समस्या आउन सक्छ। राजनीतिमा गरेको लगानीबाट उत्साह थपिनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग लिएर अगाडि बढेमा नाफा होला।

मिथुनः दिन राम्रो छ। तपाईंको बोलीको महत्त्व बढ्नेछ। बोल्दा भने तीन पटक सोचेर बोल्नु उचित हुन्छ। आज जुनसुकै काम गर्दा पनि हुनेगरी विकल्प आइलाग्ने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य सुधार हुनेछ। शिक्षामा बढुवा हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंहः दिन राम्रो छ। रोगबाट मुक्त हुने दिन छ। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। परिवारमा झगडा हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्याः दिन सामान्य छ। खर्च बढ्नेछ। राजनीतिक क्षेत्रमा भने संगठन बलियो हुनेछ। भूमिसम्बन्धी कारोबारमा लाभ प्राप्त गर्नुहुनेछ। परिवारमा मनमुटाव हुने जोखिम छ।

तुलाः दिन राम्रो छ। आम्दानीका दृष्टिकोणले आज तपाईको दिन राम्रो छ। बौद्धिक क्षेत्रका व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य र शिक्षामा आज नाम र दाम दुवै मिल्ने योग छ।

वृश्चिकः दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। धर्मकर्ममा वितृष्णा फैलनेछ। राजनीतिमा माथिल्लो तहबाट तपाईंले महत्त्वपूर्ण अवसर प्राप्त गर्नु हुनेछ। परिवारको सल्लाह लिएर अघि बढ्दा भाग्यको उदय हुनेछ।

धनुः दिन सामान्य छ। आज ठूलो काममा हात नहाल्नु उपयुक्त हुनेछ। उत्तरको यात्रा जोखिमपूर्ण हुने खतरा छ। एकल यात्रा नगर्नु उपयुक्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शत्रु बढ्नेछन्। मित्रले धोका दिनेछन्। राज्यको तर्फबाट भय त्रास हुनसक्ने खतरा छ। काम गर्दा तीन पटक सोच्नु आवश्यक छ।

कुम्भः दिन सामान्य छ। सानातिना कुराले मनमा खटपटी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध राम्रो छ। स्वास्थ्य र शिक्षामा भने लगानी नगर्नु राम्रो हुन्छ।

मीनः दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। राम्रो बोल्दा पनि नराम्रो सुनिने भएकाले बोल्दा ख्याल गर्नुपर्नेछ। परिवारभित्र भने तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। नजिकैको सुखद् यात्रा हुनसक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>