अन्तर्राष्ट्रिय

युक्रेनको प्रधानमन्त्री कार्यालय रहेको भवनमा रुसको ड्रोन आक्रमण

Banner

काठमाडौं, भदौ २२-

रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको हो ।

रुसले पहिलो पटक युक्रेनका अधिकांश मन्त्रालयहरू रहेको भवनलाई निशाना बनाएको युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले बताइन् । युक्रेनको हवाई सुरक्षा प्रणालीका कारण किएभमा रहेका सरकारी भवनलाई रुसले यसअघि निशाना बनाउन सकेको थिएन । तर, शनिबार राति एकै पटक ठूलो संख्यामा ड्रोन र मिसाइल प्रहार गर्दा केहीले निशाना भेट्टाएको देखिन्छ ।

रुसले रातभर ८०५ भन्दा बढी र मिसाइल प्रहार गरेको अधिकारीहरूलाई उद्धृत गर्दै गार्जिएनले लेखेको छ । जसमध्ये युक्रेनी वायु सेनाले रुसले प्रहार गरेका ७४७ ड्रोन र चार मिसाइलहरू खसालेको दाबी गरेको छ । ३७ स्थानमा ९ मिसाइल र ५६ वटा ड्रोन भने बिस्फोट भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>