समाचार

दुर्गा प्रसाइँलाई आन्दोलनमा नआउन जेनजीको अनुरोध

Banner

काठमाडौं, भदौ २२-

जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंले सहभागी हुने भन्दै स्टाटस लेखेपछि केही युवाले उनीसँग सम्पर्क गरेका छन् । आइतबार अपराह्न फोन गरेर उनीहरुले प्रदर्शनमा सहभागी नभइदिन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार, आइतबार अपराह्न ५ बजे माइतीघर मण्डलामा केही जेनजी युवा स्वतःस्फूर्त भेला भएर प्रदर्शनबारे छलफल गरेका थिए । त्यसक्रममा प्रसाईंको विषय समेत उठेको थियो । त्यसपछि बैठकमा सहभागी एक युवाले प्रसाईंलाई फोन गरेर नआउन आग्रह गरेकी थिइन् ।

जवाफमा प्रसाईंले आफू नआउने बताएको उनले जानकारी दिइन् । जेनजी पुस्ताले सोमबार माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछन् । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध समेत तत्काल फुकुवा गर्नुपर्ने उनीहरूको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>