अन्तर्राष्ट्रिय
भारतीय क्रिकेटर अमित मिश्राले लिए सन्यास
०

भारत, भदौ १९-
भारतका अनुभवी लेग–स्पिनर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। करिब २५ वर्ष लामो करियरपछि उनले विहीबार जारी वक्तव्यमार्फत बारम्बारको चोट र नयाँ पुस्तालाई अवसर दिनुपर्ने कारण देखाउँदै क्रिकेटलाई बिदा लिएको जनाएका हुन्।
मिश्राले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। यस अवधिमा उनले क्रमशः ७६, ६४ र १६ विकेट लिएका थिए।
२००३ मा बंगलादेशमा भएको त्रिकोणात्मक सिरिजमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले २००८ मा मोहालीमा अष्ट्रेलियाविरुद्ध टेस्ट डेब्यू गर्दा पाँच विकेट लिएका थिए।
उनको सबैभन्दा सम्झनलायक उपलब्धिमध्ये २०१३ मा जिम्बाब्वेविरुद्धको पाँच खेलको सिरिजमा १८ विकेट लिँदै जवागल श्रीनाथको रेकर्ड बराबरी गर्नु थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























