समाचार
लिपुलेक सम्झौतामा सचेत रहन प्रधानमन्त्रीलाई बालेनको आग्रह
०

काठमाडौं, भदौँ १४ –
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको चिन भ्रमण सफल होस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
समाजिक सञ्जालमार्फत बालेनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् ।
उनले लेखेका छन्– ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
मेयर बालेनले यस विषयमा प्रधानमन्त्री ओलीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै ‘अल द बेस्ट’ भनेका छन् ।
उनले भने, ‘All the best’ हामीलाई तपाईं माथि पूर्ण विश्वास छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























