खेलकुद

दोस्रो टी-२० मा नेपाल ‘ए’ ले आसामलाई दियो १७४ रन लक्ष्य

Banner

काठमाडौँ, भदौ १३-

भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ए ले आसामलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>