समाचार
रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा
०

काठमाडौँ, भदौ ११-
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले बताए ।
अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ परेका पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा लगिने छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























