अन्तर्राष्ट्रिय

राजस्थानको सडक दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते

Banner

काठमाडौं, साउन २८-

भारतको राजस्थान राज्यको दौसामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरको एसएमएस अस्पतालमा पुर्‍याइएकामा तीमध्ये पाँच जनालाई आईसीयूमा भर्ना गरिएको छ ।

दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा आझ बिहान करिब ३ बजे भएको हो । पिकअप र ट्रेलर ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर घाइते पनि रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकहरू भारतको उत्तर प्रदेशको एटाका बासिन्दा भएको बताइएको छ ।

इन्डिया टुडे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>