अन्तर्राष्ट्रिय

अमेरिकी विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी, तीन यात्रु घाइते

Banner

अमेरिका (मोन्टाना), साउन २७ –

अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पार्किङमा राखिएको अर्को विमान संग ठोकिदा भीषण आगलागी भएको छ । घटना लगत्तै मोन्टाना विमानस्थल बन्द गरी सम्पूर्ण उडानहरू केही बेरका लागि रद्द गरिएको थियो । आगलागीका कारण विमानस्थलको आकाशमा धुँवाको मुस्लोले भरिएको थियो ।

घटनाका कारण अवतरणका क्रममा रहेको विमानका यात्रु मध्ये ३ जनालाई सामान्य चोटपटक लागेको छ भने पार्किङमा राखिएको विमान भने जलेर नष्ट भएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएमका अनुसार, सोकाटा टीबीएन ७०० टर्बोप्रोप विमानले विमानस्थलको पार्किङमा रहेका विमानलाई ठक्कर दिएको हो ।

आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका थिए । अघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>