Breaking News

सप्तकोसीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती बालियो

Banner

सुनसरी, साउन २०-

कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढेको छ । पूर्वी पहाडी तथा तराईंका जिल्लामा लगातार भएको वर्षाले सोमबार बिहानैदेखि नदीको बहाव बढेको हो । सोमबार बिहान ६ बजे एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो । राति १० बजे एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए । पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>