आर्थिक
नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढ्यो
०

काठमाडौँ, साउन १९ –
आज (सोमबार) पनि सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँले मूल्य बढेको छ । अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २२५० रुपैयाँ रहेको चाँदी आज २२५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























