अर्थ

एकैदिन प्रतितोला ३ हजार ४ सयले बढ्यो सुनको मूल्य

Banner

काठमाडौं, साउन १८-

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (आइतबार) एकैदिन सुनको मूल्य प्रतितोलामा ३ हजार ४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>