अर्थ
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार
०

चितवन,साउन १५-
स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २७० रुपैयाँमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























