Breaking News

देशभर आज रातिबाट भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

Banner

काठमाडौँ, साउन ३-
आज रातिबाट देशभर भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद्हरूले आज रातिबाट भारी वर्षा सुरु हुने र पूर्वी नेपालबाट सुरु हुने भारी वर्षा सोमबारसम्म देशभर फैलिने पूर्वानुमान गरेको हो ।

“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुनेछ,” मौसमविद् विनोद पोखरेल भन्छन्, “सोमबारसम्म नेपालभर भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला ।”

“यो मनसुनी प्रणाली सक्रिय रहने सम्भावना भएकाले आइतबारदेखि मंगलबारसम्म बाढी, पहिरो र डुबानको जोखिम हुनसक्ने भएकाले सावधानी आवश्यक छ,” मौसमविद् तथा विपद् व्यवस्थापनविज्ञ धर्मराज उप्रेतीले भनेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>