देश/प्रदेश
एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री
०

रामपुर (पाल्पा), साउन १ –
यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गर्नुभएको छ ।
उहाँले गतवर्ष करिब छ हजार बराबरको बिरुवा बिक्री गर्नु भएको थियो । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहनुभएको छ । प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उहाँले बताउनुभयो । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आउनुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























