देश/प्रदेश
मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्रदान
०

काठमाडौँ, असार ३२-
अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डक्टरेट) उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् ।
उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























