Breaking News
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु
०

चितवन, असार ३२-
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।
सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी मगरको छोरी अन्जना मगर अस्पताल प्रांगणमा रहेको सेफ्टीट्याङ्कीमा अचानक खसेकी थिइन् । बालिकाको तत्कालै उद्धार गरी सोहि अस्पतालमा उपचार गराइएकामा मंगलबार बेलुका ६ः४० बजे मृत्यु भएको खनालले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























