अर्थ

पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा १ रुपैयाँ घट्यो

Banner

काठमाडौं, असार ३१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको जनाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि सोही अनुसार समायोजन गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>