घटना -दुर्घटना

करेन्ट लागेर एक युवाको मृत्यु

Banner

त्रिवेणी (रुकुम पश्चिम),असार ३० –

रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार चन्दको शव पोष्टमार्टनको लागि नलगाड नगर अस्पतालमा राखिएको छ । मृतकका आफन्त, वडा अध्यक्षलगायतको टोली घटनाको विषयमा इलाका प्रहरी कार्यालय नलगाडमा छलफल गरिरहेको बताएको छ । छलफल पश्चात पीडित पक्षबीच सहमति भएपछि शवको परीक्षण गरिने वडाध्यक्ष पुनले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>