समाचार
पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन
०

काठमाडौँ,असार २८-
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको शनिबार साँझ हृदयाघातका कारण निधन भएको हो । साँझ नर्भिक अस्पतालमा शर्माको निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनको दाहसंस्कार भोलि गरिने जनाइएको छ । उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























