Breaking News
एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला, साउन ६ सम्मको म्याद
०

काठमाडौं,असार २८-
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरुको अक्सनमा सहभागी हुन खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। नेपाल क्रिकेटसंघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरुलाई आवश्यक जानकारी गराएको हो। दर्ता शुल्क प्रतिखेलाडी १ हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम म्याद साउन ६ गते सम्म रहेको छ।
हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीहरूले यस लिंकमार्फत अनलाइन दर्ता गर्नुपर्नेछ। अक्सनका लागि खेलाडीहरूलाई तीन श्रेणी- ए, बी र सी मा वर्गीकरण गरिएको छ। खेलाडीहरूले आफ्नो इच्छा अनुसार उपयुक्त श्रेणी रोजी नाम दर्ता गराउन सक्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























