अन्तर्राष्ट्रिय

एयर इन्डिया विमान दुर्घटनाअगाडि ककपिटमा दुई पाइलटबीच के कुरा भएको थियो ?

Banner

काठमाडौं, असार २८-

भारतको अहमदाबादमा जुन १२ मा भएको एयर इन्डियाको विमान दुर्घटनाको ठीक एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ ।

यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो ९एएआईबी०ले जारी गरेको हो । शनिबार जारी गरिएको प्रतिवेदनले विमानका दुई पाइलटहरू बीचको कुराकानी पनि उल्लेख गरेको छ । दुई पाइलटबीचको कुराकानी ककपिट भ्वाइस रेकर्डरमार्फत प्राप्त भएको बताइएको छ ।

प्रतिवेदनअनुसार उडान भरेको केही सेकेन्डपछि विमानका दुवै इन्जिन बन्द भए । यस समयमा दुई पाइलटहरू के कुरा गरिरहेका थिए भन्ने प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख छ ।

विमान अहमदाबादबाट बेलायतको ग्याटविक विमानस्थलका लागि उडेको थियो ।

उडानमा एक एटीपीएल लाइसेन्स प्राप्त पाइलट ९पीआईसी०, एक सीपीएल लाइसेन्स प्राप्त को–पाइलट र दसजना चालक दलका सदस्य थिए ।

विमानका प्रमुख पाइलट क्याप्टेन सुमित सभरवाल थिए । क्लाइभ कुन्दर पनि पहिलो अधिकारीको रूपमा उनीसँगै उपस्थित थिए ।

दुवै पाइलट मुम्बईका थिए । उनीहरू एक दिनअघि नै अहमदाबाद पुगेका थिए । उडानअघि उनीहरूले पर्याप्त आराम गरेका थिए ।

उडानको क्रममा को–पाइलटले विमान उडाइरहेका थिए र क्याप्टेनले निगरानी गरिरहेका थिए ।

उडान भरेपछि, विमानले भारतीय समय अनुसार १३ स् ३८ स् ४२ मा १८० नटको अधिकतम रेकर्ड गरिएको वायु गति हासिल गर्‍यो ।

त्यसको लगत्तै, इन्जिन १ र इन्जिन २ को इन्धन कट–अफ स्विचहरू पालैपालो ‘रन टु कटअफ’ स्थितिमा सारियो, तिनीहरूबीच एक सेकेन्डको अन्तराल थियो ।

इन्जिनहरूमा इन्धन आपूर्ति बन्द हुने बित्तिकै इन्जिन १ र इन्जिन २ को गति टेकअफ स्तरभन्दा तल झर्न थाल्यो ।

रिपोर्टका अनुसार, ककपिटको भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्को पाइलटलाई सोधेका छन् किन किन काटेको रु अर्को पाइलटले जवाफ दिन्छन्, मैले काटेको छैन ।

प्रतिवेदनमा कुन आवाज कुन पाइलटको हो भन्ने कुरा स्पष्ट छैन ।

केही सेकेन्ड पछि, एक पाइलटले जमिनमा रहेका एयर ट्राफिक कन्ट्रोल अधिकारीहरूलाई ‘मेडे, मेडे, मेडे’ सन्देश पठाए । उनीहरूले कुनै जवाफ पाएनन् । तत्काल उनीहरूले विमान दुर्घटनाग्रस्त भएको देखे । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>