समाचार

सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक

Banner

काठमाडौँ, असार २८ –

राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उहाँका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५० लाखभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उहाँको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उहाँका दुई छोरी र चार छोरा हुनुहुन्छ । स्व बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>