देश/प्रदेश

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

Banner

काठमाडौँ, असार २८-

प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । “साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई १” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरू भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>