दुर्घटना
मोटरसाइकल स्कुटरमा ठाकिँदा एकको मृत्यु, दुई घाइते
०

काठमाडौँ, असार २७ –
काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।
नन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र ०२–०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























