अन्तर्राष्ट्रिय
क्यानडामा कपिल शर्माको क्याफेमा गोली चल्यो
०

काठमाडौं, असार २७-
क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलेको घटना प्रकाशमा आएको छ । प्रहरीले आक्रमणमा कोही पनि घाइते नभएको बताएको छ। यद्यपि, क्याफेमा क्षति पुगेको छ। सरे पुलिस सर्भिस (एसपीएस)लाई उद्धृत गर्दै सीबीसी न्यूजले भनेको छ कि बिहीबार बिहान न्यूटन क्षेत्रको १२० औं स्ट्रिटमा रहेको क्याफेमा गोली चलेको हो । गोली चलेको समयमा कर्मचारीहरू क्याफेभित्र थिए।
आक्रमणपछि झ्यालहरूमा गोलीका निशानहरू देखिएको समाचारमा उल्लेख छ । यसबारे कपिल शर्माबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। सरे पुलिस सर्भिसले अन्य घटनाहरूसँगको सम्बन्ध र सम्भावित उद्देश्यको अनुसन्धान गरिरहेको बताएको छ। सीबीएस न्यूजका अनुसार क्याफे एक हप्ताअघि मात्र खोलिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























