देश/प्रदेश

दाउरा टिप्न गएका एक किशोर बेपत्ता, अर्काको उद्धार

Banner

काठमाडौं, असार २६-

दाउरा टिप्न गएका किशोर खोलामा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रूद्धराज कँडेलका अनुसार हिजो (बुधबार) माधवनारायण नगरपालिका-८ स्थित बागमती खोला किनारमा दाउरा टिप्न गएका १३ वर्षीय किशोर सुधिर पासवान बेपत्ता भएका हुन्।

१३ वर्षीय किशोर सुधिर पासवान बेपत्ता भएको रूद्धराज कँडेल जानकारी दिए । बागमती खोला सुधिर सँगै अर्का १३ वर्षकै किशोर शिवजी पासवानसँगै दाउरा टिप्न गएका थिए।

‘एक्कासी बाढी आएर एक जनालाई बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए, ‘ उनले भने, ‘खबर आउनसाथ एकजना बालकलाई उद्धार गरियो। बेपत्ता भएका बालको पनि खोज्ने काम भइरहेको छ। एक बालक नदीको बीचमा उभिएर बसेको भिडिओ सामाजिक सञ्जालमा पनि भाइरल भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>