देश/प्रदेश

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

Banner

दमौली (तनहुँ), असार २६-

यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>