अन्तर्राष्ट्रिय

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

Banner

किभ,असार २६ –

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई आक्रमण गरेको जनाएको छ। विभिन्न सहरमा गरी ७२८ ड्रोन तथा १३ क्रुज या बिलास्टिक मिसाइल प्रहार भएका हुन्। युद्ध अन्त्य गरेर शान्ति स्थापनाका लागि बारम्बार प्रयास भइरहेको समयमा यो आक्रमण भएकोमा युक्रेनले रुसको निन्दा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउन तथा किभमा अझ धेरै हतियार पठाउने धारणा राखेपछि यो आक्रमण भएको हो। मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिको गतिविधिले आफूलाई निराश बनाएको बताउँदै आएका छन्। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि रुस र युक्रेनका नेता बीचमा बारम्बार सम्पर्क भए पनि शान्ति स्थापना गर्न असफल भएका छन्।

गत साता पनि रुसी राष्ट्रपतिसँगको फोन वार्ता पछि उनले आफू अत्यन्त दुःखी भएको बताएका थिए। पुटिन मान्छे मार्न मात्र सक्रिय भएको आरोप ट्रम्पको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>