अर्थ

काठमाडौँमा सार्वजनिक यातायातबाट सुनको सिक्री लुटेर भाग्दै गर्दा दुईजना पक्राउ

Banner

काठमाडौं,असार २५-

काठमाडौँमा सार्वजनिक यातायातबाट सुनको सिक्री लुटेर भाग्न लाग्दा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङ घर भइ काठमाडौँ बसपार्क बस्ने वर्ष ३२ को राजु गुरुङ र सिन्धुपाल्चोकका वर्ष ४० को पूर्ण गदाल रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार असार २४ गते, अन्दाजी ६ः३० बजेको समयमा काठमाडौँ महानगरपालिका–३ तिलिङ्गेटारस्थित सडक खण्डमा बसुन्धारातर्फ आउँदै गरेको सार्वजनिक यातायातमा सवार व्यक्तिले घाँटीमा लगाएको रु। १ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको सुनको सिक्री लुटपाट भएको थियो।

सो कार्यमा संलग्न उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले चोरीको सिक्री सहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी अपीलराज बोहराले जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>