Breaking News

नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने

Banner

नवलपुर,असार १९-

नारायणगढ- बुटवल सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ । इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहेको बताए । तर, कति बेलाबाट सञ्चालन गर्ने भन्ने निर्माण कम्पनीमा भर पर्ने उनको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा पुल भाचिँदा डाइभर्सन बनाएर गाडी सञ्चालन गरे पनि बाढीले बगाउँदै आएको थियो । यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । खोलामा आएको बाढीले असार पहिलो साता ३८ यात्रुसहितको यात्रुबाहक बस बगाएको थियो ।

डाइभर्सन बगाउँदा पूर्वबाट पश्चिम जाने गाडी नारायणगढबाट पोखरा, स्याङजा भएर बुटवल आएर पश्चिम जाने गरिरहेका छन् । पश्चिमबाट पूर्व जाने गाडीहरू बुटवल पाल्पाबाट पोखरा र मुग्लिन हुँदै काठमाडौं गइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>