देश/प्रदेश

ससुराको हत्या गरेर ज्वाइँ फरार

Banner

जनकपुरधा, असार १८-

जनकपुरमा ज्वाइँले ससुराको हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको चक्कु प्रहार गरी ज्वाइँले हत्या गरेका हुन् ।

आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेर विमलको उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले हत्या गरेको प्रहरीले जानकारी दियो । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएक पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>