देश/प्रदेश

संविधानसभा सदस्य यादवको निधन

Banner

बारा, असार १८ –

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उहाँको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उहाँका छोरा डा जितेन्द्र यादवले राससलाई जानकारी दिनुभयो ।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>