प्रवास

एनआरएनए अष्ट्रेलिया एसिटी राज्यको उप-संयोजकमा जनकराज पौडेलको उम्मेदवारी

Banner

काठमाडौं,असार १८-

गैर आवासीय नेपालीसंघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि एसिटी राज्य ( क्यानबेरा–क्विनसबेन ) को उपसंयोजक पदमा जनकराज पौडेलले उम्मेदवारी घोषणा गरेका छन । उनले एनआरएनए पूर्व युथ सदस्य तथा संस्थाको सल्लाहाकारको रुपमा काम गरिसकेका छन ।

नवलपुरको गैडाकोट घर भएका पौडेल लामो समयदेखि अष्ट्रेलियामा रहेर काम गर्दै आइरहेका छन । उनले गैर आवासीय नेपालीलाई परेका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन ।

क्यानबेरा–क्विनसबेन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको एकता, समावेसिता र सेवाभावलाई अझ सुदृढ बनाउने प्रतिबद्धताका साथमा आफुले उम्मेदवारी घोषणा गरेको पौडेलले बताए । उनले एनआरएनएको मूल्य र मान्यता अनुसार संस्थालाई पारदर्शी र व्यवस्थित बनाउने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>