अन्तर्राष्ट्रिय

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छः ट्रम्प

Banner

वाशिङ्टन,असार १८-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्ध विरामका लागि तयार भएको बताएका छन्। उनले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको बताएका हुन्। राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।

उनको पोस्टमा कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख गरेका छन्। ट्रम्पले हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास लिएका छन्। अहिलेसम्म युद्धको विरामका शर्त तथा हमासको प्रतिक्रिया सार्वजनिक भएको छैन। मंगलबार नै ट्रम्पले गाजामा नेतान्याहुले आक्रमण बन्द गर्ने अपेक्षा गरेका छन्। उनले अर्को साता नेतान्याहुले वार्ताको चाहना राख्ने बताए।

नेतान्याहुले उत्तरी गाज खाली गर्न निर्देशन गरेको लगत्तै ट्रम्पको यो पोस्ट सार्वजनिक भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>